एमसीसीको मितिबारे पुनर्विचार हुँदैछः एमसीए नेपाल

एमसीसीको मितिबारे पुनर्विचार हुँदैछः एमसीए नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरिसकेको जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै एमसीए–नेपालले कोभिड–१९ महामारी तथा नेपालको संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा भने अवरोध सिर्जना भएको बताएको छ ।

त्यसो हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा पुनर्विचार आवश्यक देखिएको र सोहिअनुसार सम्बन्धित सबै पक्षसँग परामर्श भइरहेको एमसीए नेपालले उल्लेख गरेको छ ।

‘अर्थात् पूर्वनिर्धारित मिति २०७७ असार १६ मा सम्झौताको कार्यान्वयन थालनी हुन नसक्ने परिस्थिति हाम्रा सामु देखापरेको अवस्था छ,’ उसले भनेको छ ।

एमसीए–नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वशर्त पूरा गर्नका लागि सम्बन्धित सबै पक्षसँग क्रियाशील रहेको समेत उसले जनाएको छ ।

‘नेपाल कम्प्याक्टका सन्दर्भमा आमसञ्चार माध्यमले राख्दै आएको अभिरुचिप्रति धन्यवाद व्यक्त गर्दै हामी यसको कार्यान्वयनप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ । यससम्बन्धमा हासिल भएका नयाँ प्रगतिबारे हामी जानकारी गराउँदै जानेछौँ,’ एमसीए नेपालले भनेको छ ।