काठमाण्डु – नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित २२ दलीय गठबन्धनले एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।
आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै २२ दलीय गठबन्धनले एमसीसी परियोजनाकी उपाध्यक्ष नेपाल भ्रमणमा आउन लागेको भन्दै सो क्रममा विरोध प्रदर्शन गर्ने जनाएको हो ।
साथै उनीहरुले अहिलेसम्म निरन्तर विरोधका कारण एमसीसी संसदबाट पारित हुन नसकेको भन्दै एमसीसीविरुद्ध एक ढिक्का हुन आह्वान गरेका छन् । एमसीसी पारित गर्न दबाव सिर्जना गर्ने हेतुले परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारी नेपाल भ्रमणमा आउँदैछन् ।
गठबन्धनको तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा २२ राजनीतिक संगठनहरु नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा) रहेका छन् ।
त्यस्तै, गठबन्धनमा राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्कसवादी एकता अभियान, नेकपा (मार्कसवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।




प्रतिक्रिया