काठमाण्डुमा एमसीसीविरुद्ध प्रदर्शन गर्ने युवा पक्राउ (फोटोफिचर)

काठमाण्डुमा एमसीसीविरुद्ध प्रदर्शन गर्ने युवा पक्राउ (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा राजधानीमा युवाहरुले प्रर्दशन गरेका छन् ।प्रर्दशनमा उत्रिएका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार नेपाल भ्रमणमा आउने तयारी गरिरहेका बेला विरोध सुरु भएको हो । सत्तारुढ गठबन्धनले नै एमसीसीको विरोध गर्दै आइरहेको छ ।

नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरु र उच्च सरकारी अधिकारीसंग छलफल गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमणको बेला उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाको बारेमा समेत सरोकारवालाहरुसंग अन्र्तक्रिया गर्ने कार्यक्रम तय भएको छ । सुमारले एमसीसी मुख्यालयमा गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्ने भुमिका निर्वाह गरिरहेकी छन् ।

एमसीसी परियोजनालाई राजनीतिक दलहरुले राजनीतिक एजेण्डा बनाएका छन् । सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना दलहरुको बिवादका कारण अझै अघि बढ्न सकेको छैन ।

नेपालले एमसीसी सम्झौताअनुसार सन् २०१७ मा हस्ताक्षर गरेको थियो । सम्झौताअनुसार नेपालले विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि करिब ५०० सय मिलियन अमेरिकी डलर (करिब ६० अर्ब रुपैयां) पाउने छ ।