एमसीसीकी उपाध्यक्ष काठमाण्डु आएसँगै राजनीतिक दलहरू दबाबमा

एमसीसीकी उपाध्यक्ष काठमाण्डु आएसँगै राजनीतिक दलहरू दबाबमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चार दिने नेपाल भ्रमणका लागि अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार काठमाण्डु आएसँगै राजनीतिक दलहरू दबाबमा परेका छन् ।

उपाध्यक्ष फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवालाई शुक्रबार फातिमाले भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।

यसअघि बिहीबार दिउँसो २ बजे बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेट्ने फातिमाको काठमाण्डु आगमनले राजनीति दलरू दबाबमा परेका छन् । फातिमासँग भेट्नु अघि बिहीबार सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार अपरान्ह भेटवार्ता हुने भएको छ ।

‘उहाँहरूबीच आज अपरान्ह छलफल हुने तयारी छ । समय तय भइसकेको छैन’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

यता सत्तारुढ दलहरूमध्ये कांग्रेसले एमसीसी पारित गर्नुपर्ने खुलस्त रुपमा बताइसकेको छ। बुधबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशलाई अहित नहुने गरी ।एमसीसीबारे निर्णय लिनुपर्ने बताए थिए ।

सत्तारुढ दलहरुबीच नै एमसीसीबारे फरक फरक विचार रहेकाले समान धारणा बनाउन बिहीबार बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै सबै दलका शीर्ष नेताहरुलाई सहयोग गर्न आग्रह गर्दै आएका छन्।

बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एमसीसीबारे अहिले धारणा बनाउने बताएका थिए । फातिमाले ओलीलाई बिहीबार दिउँसो २ बजे भेट्ने उनका प्रेस संयोजक रामकृष्ण बजगाईंले न्युज कारखानालाई बताए ।

एमसीसी केन्द्रीय कार्यालयले बुधबार नेपाल सरकारलाई पत्र पठाउँदै एमसीसीका प्रावधानहरु संशोधन गर्न नसकिने र यो कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नरहेको जानकारी दिएको छ ।

एमसीसीबारे राजनीतिक दलहरूबीच नै मतभेद छ । कांग्रेस एमसीसी पारित गर्ने पक्षमा छ भने माओवादी यथास्थितिमा पारित गर्न नहुने निष्कर्षमा छ । तर, यही बेला एमसीसी उपाध्यक्ष फातिमाको नेपाल भ्रमणको अर्थ पूर्ण मानिएको छ ।

अमेरिका यही समयमा एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गराउने पक्षमा रहेको छ र सोही कारण फातिमाको नेपाल भ्रमण गराइएको टिप्पणी भइरहेको छ ।