काठमाण्डु – एमसीसी सम्झौता संसदबाट पारित भएको छ । १२ बुँदे व्याख्यात्मक घोषणासहित आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले एमसीसी सर्वसम्मत पारित गर्ने निर्णय गरेको हो ।
सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।
एमाले सांसदहरुको नाराबाजी चलिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते बुधबार बस्ने भएको छ ।




प्रतिक्रिया