काठमाण्डु- गठबन्धन दलहरुबीच एमसीसीको पक्षमा मतदान गर्ने कुरामा अझै सहमति जुट्न सकेको छैन् । आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई संसदमा टेबुल गर्ने सहमति गरे पनि एमसीसीका पक्षमा मतदान गर्ने कुरामा सहमति जुटाउन नसकेको हो ।
बैठकबाट बाहिरिएपछि सरकारका प्रवत्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसीका पक्षमा मतदान गर्ने कुरामा बोल्न चाहेनन् । उनले बैठकमा एमसीसी संसदमा आजै टेबुल गर्ने जानकारी दिए तर मतदानमा सहमति भयो की भएन भन्ने प्रश्नमा उनी मौन रहे ।
‘आज एमसीसी परियोजना सम्झौता संसदमा टेवुल हुन्छ । त्यसपछि सडकमा होइन संसदमा गहन रुपले छलफल भएर एउटा निस्कर्षमा पुग्ने कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु,’ मन्त्री कार्कीले भने ।
प्रतिनिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।




प्रतिक्रिया