एमसीसी परियोजनामा अमेरिकाले थप ५० मिलियन डलर सहयोग दिने

एमसीसी परियोजनामा अमेरिकाले थप ५० मिलियन डलर सहयोग दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीसी नेपाल सम्झौताअन्तर्गत थप ५० मिलियन अमेरिकी डलर (करीब ७ अर्ब रुपैयाँ) अनुदान दिने निर्णय गरेको छ ।

यससँगै सम्झौताअन्तर्गत कुल उपलब्ध रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करीब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिकाको योगदान ५५ करोड डलर र नेपाल सरकारको योगदान १९ करोड ७० लाख डलर रहेको छ ।

एमसीसीका अनुसार थप स्रोतले प्राथमिकताप्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउने, नेपालको ऊर्जा प्रणालीलाई सुदृढ बनाउने र क्षेत्रीय ऊर्जा व्यापारको विस्तारमा मद्दत पुर्‍याउने उद्देश्य पूरा गर्न सहयोग गर्नेछ । सम्झौताले ऊर्जा ग्रीडको विश्वसनीयता सुधार्ने, बजार पहुँच बढाउने र अन्तर्राष्ट्रिय कनेक्टिभिटीमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

अमेरिकी प्रविधि र कम्पनीहरूले नेपाली बजारमा प्रवेश गर्नका लागि नयाँ अवसरहरू प्राप्त गर्ने सम्भावना पनि खुल्नेछ । एमसीसी सम्झौताका अतिरिक्त आर्थिक सहयोगले अमेरिका र नेपालको चिरस्थायी साझेदारीलाई झन् मजबुत बनाउने विश्वास गरिएको छ ।

दशकौंदेखि दुवै देशले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिमा सहयोग गर्दै आएको इतिहासलाई सम्झौता ऋणरहित, अनुदानमा आधारित उच्च प्रभावयुक्त पूर्वाधारमार्फत निरन्तरता दिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।