एमसीसी पारित गर्न आन्तरिक छलफलमा जुटे प्रधानमन्त्री,माघ २६ गते संसदमा टेबुल गर्ने तयारी

एमसीसी पारित गर्न आन्तरिक छलफलमा जुटे प्रधानमन्त्री,माघ २६ गते संसदमा टेबुल गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नका लागि आन्तरिक छलफल जुटेका छन् । देउवा आफ्नो पार्टीभित्र र बाहिर त्यसका लागी गम्भिर छलफलमा जुटेका हुन ।

कांग्रेस सभापति समेत रहेका देउवाले बिहिबार लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का अध्यक्ष महन्थ ठाकुरसंग भेटवार्ता गरेका थिए । देउवाले एमसीसी पारित गर्न आफु लागेको भन्दै ठाकुरलाई सहयोगका लागी आग्रह गरेको स्रोत बताउंछ ।

स्रोतकाअनुठाकुरले एमसीसीको विषयमा निर्णय गर्ने अधिकार सरकारलाई रहेको बताएका थिए । स्रोतकाअनुसार एमसीसीको प्रक्रिया अगाडि बढाउन अवरोध गरे उनको विकल्प खोज्न सकिने देउवाले बताएका थिए ।

देउवाले आफु निकट नेता पूर्णबहादुर खड्कालाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसंग छलफल गर्न निर्देशन दिएका थिए । श्रेष्ठ एमसीसीको चर्को विरोधी हुन । श्रेष्ठ र खड्काबीच बुढानिलकण्ठमा बिहिबार भेटवार्ता भएको थियो । भेटमा गठबन्घन जोगाउने र एमसीसी पारित गर्ने विषयमा छलफल भएको स्रोत बताउंछ ।

प्रधानमन्त्री देउवाले एमसीसी स्थानिय तहको निर्वाचनबारे गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र काँग्रेस संसदीय दलकी सचेक पुष्पा भुसालसंग बालुवाटार बोलाएर छलफल गरेका थिए ।

बैठकमा माघ २६ गते संसद बैठक चलाउनेबारे छलफल भएको थियो । त्यसका लागी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्ता साझेदार दलहरुसंग समेत छलफल गर्ने निर्णय भएको एक कांग्रेस नेताले बताए ।

अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गराउने प्रधानमन्त्री देउवाको तयारी छ । उनले एमसीसीको पक्षमा माहोल बनाउन नेताहरुलाई निर्देशन दिइसकेका छन् ।

तर, प्रधानमन्त्री देउवाका सत्ता साझेदार दल माओवादी केन्द्र र एकिकृत समाजवादी भने एमसीसीको विपक्षमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावपछि एमसीसी सम्झौता पारित गर्ने र या एमसीसीलाई संशोधन गरेर मात्र अघि बढाउन प्रधानमन्त्री देउवासंग आग्रह गरेका छन् । तर, देउवाले त्यसमा आफु सहमत हुन नसक्ने बताइसकेको स्रोतको दावी छ । उनी एमसीसी जस्ताको त्यस्तै पारित गर्नुपर्ने पक्षमा छन् ।