एमसीसीविरुद्ध आज विप्लव समूहको प्रदर्शन

एमसीसीविरुद्ध आज विप्लव समूहको प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहले आज सोमबार काठमाण्डुमा प्रदर्शन गर्ने भएको छ ।

प्रदर्शनसहित अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका नेताहरूले जानकारी दिएका छन् ।

गत शनिबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी तीन÷चार वर्षअघि सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भन्दै सरकारले एमसिसीजस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाएका थिए ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आइतबार अमेरिका फर्किसकेकी छन् । उनको नेपाल भ्रमणको क्रममा पनि काठमाण्डुसहितका सहरमा प्रदर्शन भएको थियो ।