एमसीसीबारे बोल्यो चीन

एमसीसीबारे बोल्यो चीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने बताएकी छन् ।

राजदूत यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषयबारे नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने बताएकी हुन् ।

आज आयोजित पत्रकार सम्मेलनमा ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन,’ राजदूत यान्छीले भनिन्, ‘कसैको दबावमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ ।’

उनले हालै नेपालमा पक्राउ परेका चिनीयाँ नागरिकहरु पर्यटक भिसामा नेपाल आएर गैरपर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको बताइन् ।