एमसीसीविरुद्ध २८ मंसिरमा संसद भवन घेराउ गर्ने ६ दलको निर्णय

एमसीसीविरुद्ध २८ मंसिरमा संसद भवन घेराउ गर्ने ६ दलको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीले संसद भवन घेराउ गर्ने निर्णय गरेको छ । एमसीसीविरुद्ध थप रणनीति बनाउन बुधबार राजधानीमा बसेको ६ गठबन्धन र दुई मोर्चा संगठनको बैठकले २८ मंसिरमा संसद भवन घेराउ गर्ने निर्णय गरेको हो ।

मंसिर २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने र मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ कार्यक्रम तय भएको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् । सो बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने चर्चाबीच ६ दलीय मोर्चाले विरोध जनाउँदै संसद भवन घेराउ गर्ने तयारी गरेको हो ।

६ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा रहेका छन् ।