एमसीसीको पक्षमा समर्थन माग्दै देउवाले गरे ठाकुरलाई फोन

एमसीसीको पक्षमा समर्थन माग्दै देउवाले गरे ठाकुरलाई फोन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा समर्थन गर्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई फोन गर्दै एमसीसीको पक्षमा समर्थन गर्न आग्रह गरेका हुन् । देउवाले ठाकुरसँग एमसीसीबारे अनावश्यक राजनीति गरेर बाहिर भ्रम फैलाइएको भन्दै समर्थन गर्न आग्रह गरेको स्रोतले बतायो ।

स्रोतका अनुसार लोसपाका अध्यक्ष ठाकुरले पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्षमा समर्थन गर्ने प्रतिवद्धता जनाएका छन् ।

देउवाले बुधबारदेखि सुरु हुने संसद बैठकमा कुनै पनि हालतमा एमसीसी अनुमोदन गराउने तयारी गरेका छन् । त्यसका लागि देउवाले सक्रियता बढाएका छन्। साथै देउवाले संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन समेत दिएका छन् ।

मंगलबार अपरान्ह बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।