एमसीसी भ्रमणको एजेण्डा होइन : परराष्ट्रमन्त्री खड्का

एमसीसी भ्रमणको एजेण्डा होइन : परराष्ट्रमन्त्री खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त परराष्ट्रमन्त्री नाराण खड्काले अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहमतिमा आघि बढाउने बताएका छन् ।

बुधबार परराष्ट्रमन्त्री नियुक्त भएका खड्काले शपथ पछि संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो न्यूयोर्क भ्रमणको एजेण्डा एमसीसी नभएको बताएका हुन् । अमेरीकामा रहदा एमसीसीबारे थप छलफल हुने आंकलन भइरहंदा परराष्ट्रमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो ।

उनले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सबैको सहमतिमा एमसीसी पास गरिने बताए । ‘राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकता लिस्टमा छैन । राष्ट्रिय सहमति जुटाएर अघि बढ्छौं,’ उनले भने ।

यस्तै उनले परराष्ट्र नीति दल विशेषको नहुने बताए । सबै मुलुकसँग सन्तुलिन सम्बन्ध कायम राख्दै अघि बढ्ने उनको भनाइ छ ।राष्ट्रसंघीय महासभामा भाग लिएर स्वदेश फर्किएपछि राजदूतहरु सिफारिस गर्ने समेत उनले जनाए । ‘म फर्केर आएपछि मात्र कुन देशमा कस्तो व्यक्ति पठाउने र साझा हित हेरेर राजदूत पठाउँछौं’ उनले भने ।

उनले राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइडलाइन मिटिङका क्रममा सार्क देशका परराष्ट्रमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।