एमसिसीबारे भ्रम फैलाइएको छ, प्रधानमन्त्रीले स्पष्ट जानकारी दिनुपर्छ : कमल थापा

एमसिसीबारे भ्रम फैलाइएको छ, प्रधानमन्त्रीले स्पष्ट जानकारी दिनुपर्छ : कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल र नेपालीको हितमा रहेको बताएका छन् ।

रुपन्देहीको बुटवलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले एमसिसी नेपाली जनताको पक्षमा रहेको बताउँदै संसद्यबाट कुनै पनि हालतमा पारित गरिनुपर्ने बताएका हुन् ।

‘एमसिसी नेपाली जनताको पक्षमा छ । यसलाई संसदबाट पारित गर्नुपर्छ,’ थापाले भने, ‘एमसिसीबारे भ्रम फैलाइएको छ, संसदमा जनतालाई स्पष्ट जानकारी नगराउँदा प्रश्नहरु उठेका छन्, तर प्रधानमन्त्रीले जानकारी गराउनुपर्छ ।’

थापाले विगतका कमजोरी सच्चाउँदै आगामी निर्वाचनमा मुख्य तीन राजनीतिक दलमध्ये एक बनाउने संकल्पका साथ राष्ट्रव्यापी अभियान संचालन गरेको दाबी गरे ।

थापाले आफ्नो पार्टीलाई दुःख दिन दरबार वरिपरिका मान्छे लागेको बताउँदै राजा र राजसंस्थासँग राप्रपाको दुरी नघट्ने उनले बताए । ‘राप्रपालाई कमजोर बनाउन र दुःख दिन दरबार वरिपरिका मान्छेहरु लागेका छन् । उनीहरुले नकारात्मक सोंच राख्दैमा राजा र राजसंस्थासँग हाम्रो पार्टीको दूरी घट्दैन,’ उनले भने ।

राजा कुनै व्यक्ति र दलको मात्रै नहुने भन्दै उनले राजा सबैको साझा हुने बताए । थापाले आउँदो चुनावलाई लक्षित गरी राप्रपाले महाधिवेशनको मिति सकिनु ९ महिना अगावै महाधिवेशन गर्न थालेको बताए । आउँदो चुनावसम्म देशभर तीन लाख सक्रिय कार्यकर्ता बनाउने लक्ष्यसहित सातै प्रदेशमा संगठन विस्तार अभियान चलाइएको थापाले बताए ।