एमसीसी कार्यदले भोली अन्तिम प्रतिवेदन बुझाउने

एमसीसी कार्यदले भोली अन्तिम प्रतिवेदन बुझाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले शुक्रबार एमसिसीको प्रतिवेदन बुझाउने भएको हो ।

एमसिसीका विषयमा सत्तारूढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसिसीका विषयमा अध्ययन गरिहको छ । कार्यदलमा रावलसँगै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र झलनाथ खनाल सदस्य रहेका छन् ।