एमसीसी खारेजको माग गर्दै विरोध प्रदर्शनमा निस्किए ‘विप्लव’

एमसीसी खारेजको माग गर्दै विरोध प्रदर्शनमा निस्किए ‘विप्लव’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको हितमा नरहेको भन्दै खारेजीको माग सहित नेकपाले सोमबार काठमाण्डुमा विरोध र्‍याली निकालेको हो ।

र्‍यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरू सहभागी भएका छन् । राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको विप्लव समूहले अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना सहित जुलुस प्रदर्शन गरेको हो ।

गत शनिबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी तीन/चार वर्षअघि सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भन्दै सरकारले एमसिसीजस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाएका थिए ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आइतबार अमेरिका फर्किसकेकी छन् । उनको नेपाल भ्रमणको क्रममा पनि काठमाण्डुसहितका सहरमा विभिन्न युवा संगठनहरुले प्रदर्शन गरेको थियो ।