एमसीसीको नयाँ सीइओमा एलिस अल्ब्राइट नियुक्त


एजेन्सी – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तन भएको छ । संयुक्त राज्य अमेरिकाको माथिल्लो सदन ‘यूएस सेनेट’ले एमसीसीको नयाँ सीईओमा एलिस अल्ब्राइटलाई नियुक्त गरेको हो ।

एमसीसीले सीईओ परिवर्तन भएकोबारे प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । एमसीसी अमेरिकी सरकारको स्वतन्त्र संस्था हो, जसले विश्वको गरिबी न्यूनीकरणमा सहयोग गर्न निश्चित अवधि र शर्त तोकेर आर्थिक अनुदान र सहायता प्रदान गर्दै आएको छ ।

नेपालमा पनि विद्युत प्रसारणलाइन र सडक पूर्वाधारमा एमसीसी परियोजना आएको छ । तर संसदबाट सम्झौता अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्ता साझेदार दलहरुबीच सहमति जुट्न सकेको छैन । लामो समय भइसक्दापनि संसदबाट एमसीसी पास हुन नसकेपछि अमेरिकाले सम्झौता फिर्ता लैजाने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement