काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकापा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा रहेका केही अस्पष्ट विषयलाई प्रष्ट पारेर पारित गर्ने पक्षमा आफू रहेको बताएका छन् । शनिबार कान्तिपुर कन्क्लेभको सम्वादमा केही अस्पष्ट विषयलाई प्रष्ट पारेर पारित गर्ने पक्षमा आफू रहेको उनले बताएका हुन् ।
नेपालको पक्षबाट र अमेरिकी पक्षबाट पनि प्रष्ट पारिनुपर्ने केही विषय उनले औंल्याएका थिए । प्रचण्डले सोधेका छन्, ‘भारतको पनि सहमति लिनुपर्छ भनिएको रहेछ । त्यो भनेको के हो ?’ अमेरिकाको तर्फबाट पनि प्रष्ट गर्नुपर्ने केही विषय भए त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
अमेरिकासँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको उदाहरण दिँदै अमेरिकाले एमसीसी मार्फत अनुदान दिन लागेको अर्बौँ रकम नेपालको लागि अवसर भएको पनि उनले बताए ।
फरक प्रसंगमा प्रचण्डले भने, बालुवाटारमा सारंगी साँझ हुने दिन आफू राजधानी बाहिर भएका कारण छुटेको बताए। ‘बालुवाटारमा सारंगी त होइन सांगीतिक साँझ हुने भन्ने थियो, त्यो दिन म पोखरामा थिए’, उनले भने, ‘काठमाडौँमा भएको भए म पनि बालुवाटारमा जान्थेँ। अन्य साथीहरुजस्तै मसँग पनि सारंगी हुन्थ्यो होला।’




प्रतिक्रिया