काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् । प्रधानमन्त्री ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रतिवेदन संसदमा निर्णयार्थ प्रस्तुत नगरिएको भन्दै उनले सभामुखप्रती असन्तुष्टि जनाएका हुन ।
सरकारले एमसीसीसम्बन्धी प्रस्ताव सदनमा टेबुल गरेपनि सभामुख सापकोटाले उक्त प्रस्तावलाई अघि नबढाएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा समेत उनीसंग असन्तुष्ट छन् ।
जसपाका शिर्ष नेताहरुसंगको भेटमा समेत देउवाले सभामुखले उक्त प्रस्ताव अघि बढाउन अटेर गरिरहेको भन्दै अव यो प्रस्ताव अघि बढाउन जसपा समेत तयार हुनुपर्ने बताएका थिए । उनले आफुले नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांडलाई सभामुखलाई भेटेर एमसीसीको प्रक्रिया अघि बढाउन भनिसकेको समेत देउवाले भेटमा बताएको स्रोतको दावी छ ।
प्रधानमन्त्री ओलीले बुधवार देशबासीका नाममा सम्बोधन गर्दै संसदमा टेबुल गरिसकेको प्रतिवेदन रोक्न नपाइने बताए । उनले नेकपा माओवादी र नेपाली कांग्रेस सरकारमा हुंदा एमसीसी सम्झौता गरिएको भन्दै सरकारले उक्त प्रस्ताव संसदमा टेबल गरेको तर सभामुखले त्यसलाई अघि नबढाएको आरोप लगाए ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक कुनै अधिकार कसैसंग नभएको दावी समत गरे ।




प्रतिक्रिया