जनकपुरधाम – सत्तारुद्ढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) परिमार्जन बिना अनुमोदन नहुने स्पष्ट पारेका छन् ।
आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमसिसीबारे पार्टीले बनाएको कार्यदलले प्रतिवेदन बुझाएपछि शनिबार बसेको सचिवालय बैठकले संशोधन र परिमार्जपछि मात्रै एमसिसी अनुमोदन गर्ने निर्णय गरेको भन्दै त्यसबारे अब संशोधन र परिमार्जन नगरी अनुमोदन हुनसक्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् ।
‘केन्द्रीय समिति बैठकमा एमसीसीका बारेमा छलफल गर्यौं । अब संशोधन र परिमार्जनविना एमसिसी अनुमोदन हुने स्थिति छैन ।’ एमसिसी सम्झौता नेपालको पूर्वाधार क्षेत्रमा सहयोग गर्ने अमेरिकी सहयोग हो । कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा भएका पालामा २०७४ सालमा एमसिसी सम्झौता गरे पनि अहिलेसम्म संसदबाट अनुमोदन भएको छैन ।




प्रतिक्रिया