एमसीसी खारेज गर्न माग गर्दै अमेरिकी दूतावास अगाडि प्रर्दशन

एमसीसी खारेज गर्न माग गर्दै अमेरिकी दूतावास अगाडि प्रर्दशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरोधमा अमेरिकी दूतावास अगाडि प्रर्दशन भएको छ ।

शुक्रबार ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ ले नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रर्दशन गरेको हो । उनीहरुले एमसीसी खारेज गर्न माग गरेका छन् ।

प्रहरीले प्रर्दशनमा उत्रिएका युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा संयोजक निर्ग जैसीसहित १० जना रहेका छन् । उनीहरुलाई महाराजगञ्जमा राखिएको छ ।

पक्राउ पर्नेहरुमा निर्ग जैसी, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली रहेका छन् ।

प्रतिनिधिसभामा टेबुल भएको एमसीसी पारित गर्ने विषयमा सत्ता गठबन्धनभित्र विवाद भइरहेका बेला ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ ले दूतावास अगाडि दबाब स्वरुप प्रर्दशन गरेको हो ।