एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनबारे नेकपा सचिवालयमा कुनै निर्णय भएन

एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनबारे नेकपा सचिवालयमा कुनै निर्णय भएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा सचिवालय बैठकमा अमेरिकासँग गरिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता परिमार्जन गरेर मात्रै अनुमोदन गर्ने सहमति भएको छ।

शनिबार दिउँसो बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए ।

शुक्रबार साँझ सो कार्यदलले आफ्नो प्रतिवेदन दुबै अध्यक्षलाई बुझाएको थियो। सचिवालय बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गरेका थिए। दुई घण्टा लामो छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको र अर्को बैठक बसेर निर्णय लिइने स्रोतले जानकारी दियो । “कार्यदलले बुझाएको प्रतिवेदनबारे लामो छलफल भए पनि निर्णय भएन ।

पार्टीका सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि कुनै निर्णय नभएको जानकारी दिए । पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजक रहेको कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको थियो । कार्यदलले यथाहालतमा प्रतिवेदन पास गर्न नहुने भन्दै सर्तहरू संशोधन गर्न सुझाव दिएको छ । अमेरिकी सरकारले सर्तहरू हेरफेरको कुनै सम्भावना नरहेको बताइसकेको छ भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि यथाहालतमा पारित गर्नुपर्ने पक्षमा छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलले दिएको सुझावअनुसार नै सर्तहरू संशोधनको पक्षमा छन् । एमसीसी अनुदान प्रस्तावबारे सचिवालय सदस्यहरूको मत बाझिएपछि निर्णय लिन कठिन भएको बुझिएको छ । त्यस्तै सचिवालय बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाका बारेमा पनि छलफल भएको थियो ।