तथ्यमा रहेर हुने बहसको स्वागत गर्छौ :अमेरिकी दूतावास

तथ्यमा रहेर हुने बहसको स्वागत गर्छौ :अमेरिकी दूतावास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुस्थित अमेरिकी दूतावासले एमसीसीविरुद्धको आलोचनाको समर्थन र स्वागत गर्ने जनाएको छ । सरकारले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे नकरात्मक टिप्पणी नगर्न विज्ञप्ति नै जारी गरेर चेतावनी दिइरहेको बेला अमेरिकी दूतावासले भने तथ्यमा रहेर हुने बहसको स्वागत गर्ने बताएको हो ।

सामाजिक संजाल टिवटरमा दूताबासले सोमबार टिव्ट गर्दै भनेको छ ‘हामी तथ्यमा आधारित स्वतन्त्र अभिव्यक्ति र छलफलको दरोसंग सर्मथन गर्छौं, चाहे त्यो एमसीसीका बारेमा किन नहोस् । लोकतन्त्रमा आफ्नो विचार शान्तिपूर्ण ढंगले व्यक्त गर्ने अधिकार हुन्छ ।’

दूतावासले दशकौंदेखि नेपाल र नेपाली जनताको अमेरिका साझेदार रहेको भन्दै संधै नेपालको समृद्धिलाई सहयोग गर्न तयार रहेको दावी गरेको छ ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार मंगलवार नेपाल भ्रमणमा आउनुअघि अमेरिकाको यस्तो भनाई आएको हो । सरकारले एमसीसी पास गर्न लागेको भन्दै सत्तारुढ दल र बाहिर दुवैतिर चर्को विरोध सुरु भएको छ ।