आलु र केराउ भन्दै काठमाडौंमा गाईको मासु भित्रियो

आलु र केराउ भन्दै काठमाडौंमा गाईको मासु भित्रियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आलु र केराउ भन्दै काठमाडौंमा गाई र कुखुराको मासु तस्करी भइरहेको खुलासा भएको छ । राजस्व अनुसन्धान विभागले काठमाडौंको नागढुंगाबाट २ वटा ट्रक नियन्त्रणमा लिएपछि काठमाडौंमा गाईको र कुखुराको मासु तस्करी भइरहेको खुल्न आएको हो ।

सर्लाहीको मलंगवा नाका हुदैँ काठमाडौं आइरहेको २ वटा ट्रक नियन्त्रणमा लिएर त्यसमा सामान चेकजाँच गर्दा राजस्व छलेर १२ टन कुखुराको मासु र ५ टन गाईको मासु फेला परेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

मासु जाँचका लागि विभागले खाद्य तथा गुणस्तर विभागमा पठाउने तयारी गरेको छ । मासु नेपालका सोल्टी, हायात लगायतका होटलहरुको लागि ल्याएको खुल्न आएको विभागले जनाएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।