काठमाण्डु- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दै छ । केहिबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुने बैठकले माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्रीहरूको नाम टुङ्ग्याउने बताइएको छ । बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने एक माओवादी नेताले जानकारी दिए ।
अखिल क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत र पञ्चा सिंहलाई बलियो दाबेदारको रूपमा हेरिएको छ । बस्नेत वरिष्ठ उपाध्यक्ष हुन् भने सिंह उपाध्यक्ष हुन् । उनीहरूबाहेक उपाध्यक्षहरू तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम तथा महासचिव उत्तम अधिकारी पनि अध्यक्षका दाबेदार हुन् ।
माओवादी नेताहरूका अनुसार अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्षमा बस्नेत र सिंहमध्ये एक हुनेछन् । बस्नेत पार्टी अध्यक्ष प्रचण्डका निकट मानिन्छन् भने सिंह अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर निकट मानिन्छिन् । नेतृत्वका आकांक्षीहरूसँग माओवादी अध्यक्ष प्रचण्डले मंगलबार झण्डै तीन घण्टा छलफल गरेका थिए ।




प्रतिक्रिया