मेची राजमार्गमा खसेको पहिरोले ट्रक पुर्‍यो, सडक पूर्ण रूपमा अवरुद्ध

मेची राजमार्गमा खसेको पहिरोले ट्रक पुर्‍यो, सडक पूर्ण रूपमा अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गए रातिदेखि एकतर्फी सञ्चालन आएको मेची राजमार्ग पुनःअबरुद्ध भएको छ । इलामको रोङ गाउँपालिका–४ बागखोरस्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा राजमार्ग पुनःअबरुद्ध बनेको हो ।

सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको छ ।

यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको छ ।

यसअघि साँझ सुक्खा पहिरोका कारण अबरुद्ध भएको राजमार्ग राति १०ः५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । तर, आज बिहान फेरि पहिरो झरेपछि अवस्था जटिल बनेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । अबरुद्ध सडक खुलाउन प्रयास जारी रहेको उनको भनाइ छ ।