बौद्धमा नक्कली नोट छाप्ने मेसिन, तीन जना पक्राउ

बौद्धमा नक्कली नोट छाप्ने मेसिन, तीन जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा बौद्धको नयाँवस्तीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोट पनि बरामद गरेको छ । पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन । यसबारे थप अनुसन्धान भइरहेको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाएको छ ।