मधेस प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

मधेस प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर–प्रतिपक्षी दलले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन् ।

आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट संशोधनको माग राखेर जसपा नेपाल र जनमत पार्टीका सांसदले बैठक चल्न नदिएका हुन् ।

यसअघि उनीहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए ।

अर्थमन्त्री युवराज भट्टराईले सांसदहरुको प्रश्नको जवाफ दिन चाहेकाले बैठक चल्ने वातावरण बनाउन सभामुख रामआषिश यादवले आग्रह गरेका थिए ।

तर, टुक्रे योजनामा गरिएको विनियोजन नसच्याएसम्म बैठकको कारबाही अघि बढ्न नसक्ने अडानमा विपक्षी अडिग रहे ।

जसपा नेपालका सांसद उपेन्द्र महतो र जनमतका सांसद संजयकुमार यादवले बजेटमा नियतबस बदमासी गरिएकाले नसच्याएसम्म संसद् चल्न नसक्ने बताए । विपक्षीको अडानकाबीच सभामुख यादवले अनिश्चितकालका लागि बैठक स्थगन गरेका छन् ।