मिडिया विधेयकविरुद्ध संसदबाटै प्रतिवाद गछौँ :नेता महत

मिडिया विधेयकविरुद्ध संसदबाटै प्रतिवाद गछौँ :नेता महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताएका छन्। पार्टीको अन्तरविरोध हटाई बहुमतको दम्भ देखाउने सरकारको सशक्तरुपमा विरोध जनाउन लागि यस अभियानले सहयोग पुग्ने उनको धारणा थियो।

नेपाल प्रेस युनियन बागलुङ शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सह–महामन्त्री महतले सरकारले ल्याएको मिडिया विधेयक पत्रकारको मुख बन्द गर्ने खालको भएकाले यसैलाई एजेन्डा बनाएर संसद्मा प्रतिपाद गरिने बताए।

अघिल्ला दिनमा प्रतिपक्षको भूमिका कमजोर भएकाले जागरण अभियानबाट कांग्रेस खारिएर जाने धारण व्यक्त गर्दै उनले जनतालाई कांग्रेसको अभाव खड्किएकाले आगामी निर्वाचनमा देश कांग्रेसमय बन्ने विश्वास व्यक्त गरे।

हचुवाका भरमा विकास निर्माणका कार्य भइरहेको र महँगी, भष्टाचार, बलात्कारजस्ता कार्यलाई सरकारले प्राथमिकता दिएको चर्चा गर्दै नेता महतले भने, ‘सरकार प्रभाव र दबाबबाट मुक्त हुन सकेन।’ रासस