काठमाडौं – संसदमा पत्रकारीता पेशामा प्रवेश गर्न चाहनेहरुले अव परीक्षा दिनुपर्ने प्रस्ताव पेश भएको छ ।
नेकपाका राष्ट्रियसभा सदस्यहरुले मिडिया काउन्सिल विद्येयकमा पत्रकारहरुको योग्यता तोक्न आइतबार संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।
दर्ता भएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्नेहरुको परीक्षा लिनुपर्ने उल्लेख गरिएको छ । पत्रकारिता व्यवसायी परीक्षा भनिने यस्तो परीक्षा मिडिया काउन्सिल अन्तर्गतको परीक्षा समितिले लिनेछ ।
संशोधन प्रस्तावमा ‘काउन्सिलले पत्रकारिता व्यवसायी परीक्षाको पाठ्यक्रम, स्तर र प्रणाली निर्धारण गर्नेछ । यससम्बन्धी पत्रकारिताको विषयको अध्ययन अध्यापन शैक्षिक संस्थाहरुको आवश्यक सहयोग काउन्सिलले लिने’ उल्लेख छ ।
पत्रकार बन्ने व्यक्तिले मौखिक र लिखित दुवै परीक्षा दिनुपर्ने संशोधनमा प्रस्ताव गरिएको छ । पत्रकारको रुपमा दर्ता हुन पत्रकारिता विषयमा स्नातक उपाधी भएको हुनुपर्ने वा अन्य कुनै विषयमा स्नातक गरेको भए तीन वर्ष काम गरेको हुनुपर्ने वा निरन्तर सञ्चार प्रतिनिधि भई पाँच वर्ष काम गरेको हुनुपर्नेछ ।




प्रतिक्रिया