स्वास्थ्य सामाग्री खरिदमा अधिक मुल्य तिर्ने काम भयो : मेडिकल आपुर्ति संघ

स्वास्थ्य सामाग्री खरिदमा अधिक मुल्य तिर्ने काम भयो : मेडिकल आपुर्ति संघ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो मुल्यमा खरिद गरेको भन्दै मेडिकल सप्लायर्सहरुले विरोध जनाएका छन् । नेपाली सप्लायर्सहरुको छाता संगठन रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले बजार मुल्यभन्दा अधिक मुल्यमा सामान खरिद गरिएको आरोप समेत लगाएको छ ।

स्वास्थ्य मन्त्रालयले खरिद गरेको एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीपी) लगायतका स्वास्थ्य उपकरण खरिद गर्दा चर्को मुल्य तिरेको भन्दै आलोचना भइरहेको बेला उनिहरुले आइतबार विरोध जनाएका हुन् ।

स्वास्थ्य मन्त्रालयले अभावका बेला केही सामान खरिद महंगो भएको स्विकार गरेपनि खरिद प्रक्रियामा भने भ्रष्टाचार नभएको स्पष्टीकरण दिएको थियो । मन्त्रालयले खरिद गरेको सामानको मुल्य र विवरण सवै वेभसाइटमा प्रकाशित गरेर पारदर्शीता देखाउने दावी गरेको थियो । तर, व्यवसायीहरुले भने सरकारले अपारदर्शी व्यवहार देखाएको आरोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभागले संघका पदाधिकारी र व्यवसायीलाई बोलाएर कोटेशन मागेको थियो । तर खरिद गर्दा केही निश्चित व्यापारीसंग अत्यधिक मुल्यमा सामान खरिद गरिएको उनिहरुको आरोप छ ।

१९ जना व्यवसायीले सस्तो मुल्यमा सामान ल्याउने प्रतिवद्धता जनाएपनि सरकारले भने महंगो मुल्यमा सामान खरिद गरेको देखिएको छ ।

संघले फेरी छलफलमा बोलाएर सम्झौताका लागी बोलाउने आश्वासन दिएको तर हालसम्म पनि नबोलाएको दावी गरेको छ । त्यसका साथै हाल सरकारले खरिद गरेको सामानको गुणस्तरमा समेत संघले प्रश्न उठाएको छ ।