निजी मेडिकल सञ्चालकले अवैध शुल्क फिर्ता नगरे बुधबारदेखि पक्राउ गर्ने गृहको तयारी

निजी मेडिकल सञ्चालकले अवैध शुल्क फिर्ता नगरे बुधबारदेखि पक्राउ गर्ने गृहको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मेडिकल कलेजले विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको अतिरिक्त शुल्क फिर्ता नभएपछि सञ्चालकलाई गृह मन्त्रालयले बुधबारबाट कारबाही थाल्ने भएको छ। गृह स्रोतका अनुसार मंगलबार अपराह्न बसेको सर्वपक्षीय बैठकले बुधबारबाट मेडिकल कलेज तथा सञ्चालकलाई कारबाही थाल्ने निर्णय गरेको हो।

‘बुधबारदेखि विद्यार्थीबाट जाहेरी लिने र सञ्चालकलाई पक्राउ गरी कारबाही थाल्ने निर्णय भएको छ,’। मेडिकल कलेजलाई सरकारले पन्ध्र दिने र चौबीस घन्टै अल्टिमेटम यसअघि नै दिइसकेको थियो। सो समयमा पनि मेडिकल कलेजले विद्यार्थीबाट उठाएको गैरकानुनी शुल्क फिर्ता नगरेपछि मंगलबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो।

गृह स्रोतका अनुसार सरकारले तोकेकोभन्दा बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई बुधबारदेखि पक्राउ गरेर कारबाही गर्ने निर्णय भएको हो। गृह मन्त्रालयमा भएको छलफलमा ठगी मुद्दा चलाउने अन्तिम तयारी रहेको छ।

यसअघि सरकारले शुल्क फिर्ता गर्न १५ दिने अल्टिमेटम दिएको थियो । तर पनि गम्भिर नबनेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार साँझ २४ घण्टे अल्टिमेटम दिएपछि निजी मेडिकल कलेज सञ्चालक अतिरिक्त शुल्क फिर्ता गर्न लचिलो बनेका छन् ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरी लगाएतको उपस्थिति रहेको थियो ।