काठमाडौं – सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले यो जानकारी दिएका हुन् ।
सम्झौताको सर्वत्र विरोध भएपछि ठेक्का सम्झौता रद्द गरिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
ओबिसिआईले समयमा तोकिएको सामान ल्याउन नसकेपछि उक्त प्रक्रिया रद्द गरिएको श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार ओबिसिआईले सम्झौता अनुसार १० प्रतिशत मात्र सामाग्री ल्याएको छ । उक्त कम्पनले सम्झौता अनुसार काम गर्न नसकेपछि धरोटी जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया पनि अगाडि बढाइने श्रेष्ठले जानकारी दिए ।
सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो ।
सम्झौताअनु्सार आइतबार मात्रै नेपाल एयरलाइन्सको चार्टर जहाज मार्फत् आबीसिआईले २३ लाख ९४ हजार डलर बराबरको सामान ल्याएको थियो ।




प्रतिक्रिया