गैरआवासीय ३६ चिकित्सकका लाइसेन्स खारेज गर्ने मेडिकल काउन्सिलको निर्णय स्थगित

गैरआवासीय ३६ चिकित्सकका लाइसेन्स खारेज गर्ने मेडिकल काउन्सिलको निर्णय स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल मेडिकल काउन्सिलले गैरआवासीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज तत्कालका लागि स्थगित गरेको छ ।

काउन्सिलले २ चरणमा गरी ३६ जना गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय गरेकोमा दबाबपछि स्थगित गरिएको हो ।

काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले हालका लागि उनीहरूको नाम दर्ता किताबमै राख्ने निर्णय गरेको छ ।

काउन्सिलले यसअघि ‘नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १९ जना चिकित्सकको काउन्सिलको दर्ता कितावबाट नाम दर्ता खारेज गर्ने निर्णय गरेको थियो ।