बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्।

निजी मेडिकल कलेजहरूको सचिवसमेत रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले सरकारले ४२ लाख ४५ हजार शुल्क तोके पनि आफूहरूले ४९ लाख ९० हजार शुल्क लिएको स्विकार्दै धम्की दिनुभयो– ‘विश्वविद्यालयका डीनकै सल्लाहमा बिल काटेर लिएका हौं। हामीले गरेअनुसार नभए शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नै हटाइदिन्छौं।’

रिपोर्टसर्् क्लबमा बिहीबार आयोजित अन्तर्कृयामा निजी मेडिकल कलेजहरूको सचिवसमेत रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले सरकारले ४२ लाख ४५ हजार शुल्क तोके पनि आफूहरूले ४९ लाख ९० हजार शुल्क लिएको स्विकार्दै धम्की दिनुभयो– ‘विश्वविद्यालयका डीनकै सल्लाहमा बिल काटेर लिएका हौं। हामीले गरेअनुसार नभए शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नै हटाइदिन्छौं।’याे खबर समाचारपत्रमा छ ।