काठमणडु – चिकित्सा शिक्षा आयोगको स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक भएको छ । सीसीएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि आयोगले साउन ९ देखि १३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो ।
यो पटक परीक्षार्थीले आफूलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिन पाउनेछन् । विदेशी परीक्षार्थी र परीक्षा केन्द्र स्थान छनोट गर्न छुटेका परीक्षार्थीको हकमा काठमाण्डु उपत्यकामा परीक्षा केन्द्र कायम गरिएको मंगलबार प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
परीक्षा केन्द्र सम्बन्धी विवरण प्रवेश पत्रमा उल्लेख हुने र प्रवेश पत्र परीक्षा शुरु हुनुभन्दा ५ दिन अगाडि परीक्षार्थी आफैंले अनलाइन माध्यमबाट प्रिन्ट गर्न सकिने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।
एकीकृत प्रवेश परीक्षामा सम्मिलित हुने सबै परीक्षार्थीहरुलाई परीक्षा हुने दिनको ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ ।





प्रतिक्रिया