मेडिकल काउन्सिलको निर्वाचन : आज पनि मतदान जारी

मेडिकल काउन्सिलको निर्वाचन : आज पनि मतदान जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल मेडिकल काउन्सिलको निर्वाचन अन्तर्गत आज पनि मतदान हुँदै छ । हिजोबाट सुरु भएको मतदान आज पनि चल्ने जनाइएको छ । काठमाण्डु उपत्यका बाहिरका १८ मतदान केन्द्रमा मतदान हुने जनाइएको छ ।

आज मेची प्रादेशिक अस्पताल झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, लाहान अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, पाल्पा अस्पताल तानसेन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मतदान हुनेछ ।

भीम अस्पताल भैरहवा, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, हेटौंडा अस्पताल, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सेती प्रादेशिक अस्पतालमा पनि मतदान हुने बताइएको छ ।

निर्वाचनको पहिलो दिन हिजो कोशी अस्पताल विराटनगर, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मतदान भएको छ । ति ठाँउमा हिजो मतदान गर्न बाँकी रहेकाहरुले आजपनि मतदान गर्न पाउने छन् ।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जना चुनावी मैदानमा छन् । उपाध्यक्ष पदका लागि डा. शिवजी पौडेल, डा. रामपरीक्षण यादव र डा. प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन् । उपत्यकाभित्र भने काठमाण्डु विश्वविद्यालय धुलिखेलमा १० गते मतदान हुनेछ भने नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र स्थानीय विकास प्रतिष्ठान जावलाखेल ललितपुरमा १० र ११ गते मतदान हुने छ ।