नियमित योग गर्नुस्, स्वस्थ्य रहनुस्


काठमाडौं – आज (बुधबार) राष्ट्रिय योग दिवस । स्वस्थ्य र तन्दुरुस्त रहन गरिने आसनलाई योग भनिन्छ । पछिल्लो समय बदलिँदो जीवनशैलीले मानिसमा निम्त्याएको समस्या समाधान गर्न योगले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

साथै नियमित योगले शरिरमा विभिन्न रोगसँग लड्ने क्षमता प्रस्फुटन गर्छ भने शरिरलाई उर्जावान पनि बनाउने गर्छ । योगले हामीलाई आफैभित्र खुशी हुन सिकाउँछ ।

योग गर्दा विशेषगरि दिर्घरोग भएका व्यक्तिहरुले ध्यान दिनुपर्ने हुन्छ । जस्तैः गर्भवती, उच्च रक्तचाप, मधुमेह, जोर्नी दुखाइजस्ता राग भएका व्यक्तिहरुले योग गर्दा शरिर तात्ने भएकाले विशेषगरि भ्यान दिनुपर्ने हुन्छ ।

यस्ता छन् योग गर्दाका फाइदाहरु :

-सकारात्मक सोचको विकास हुन्छ ।
-जीवनशैलीमा सुधार ल्याउँछ ।
-आत्मविश्वास वृद्धि हुन्छ ।
-रक्तसञ्चारमा सुधार आउँछ ।
-शरीरमा अक्सिजनको मात्रा बढ्छ ।
-रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।
-जोर्नीको समस्या कम हुन्छ ।
-तनाव हट्छ ।
-पूर्ण निद्रा लाग्छ ।
-भोक लाग्ने र पाचन प्रणालीमा सुधार आउँछ ।
-दिमाग तीक्ष्ण हुन्छ ।
-कार्यक्षमता वृद्धि गर्छ ।
-श्वासप्रश्वासको गति नियन्त्रण गर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement