प्रधानसेनापति शर्मा र राजदूत नोना डिप्रेजबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र राजदूत नोना डिप्रेजबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानसेनापति शर्मा र राजदूत डिप्रेजबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएकाे हाे ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।