राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् ।उनीहरूबीच शुक्रबार  नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हाे ।

‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विवधि विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक रहेर काम गर्ने सहमति भएको छ,’ राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।