प्रधानसेनापति थापा र भारतीय सेनाका रथीबीच भेटवार्ता

प्रधानसेनापति थापा र भारतीय सेनाका रथीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापासँग भारतीय सेनाका क्वाटर मास्टर जेनेरल (रथी) गोपाल आरबीच जंगीअड्डामा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा उनीहरुबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।