काठमाण्डु- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसिरहेको छ ।
सोमबार राष्ट्रिय सभागृह भृकुटी मण्डपमा बैठक बसेको हो । उक्त बैठकमा केही पदाधिकारीहरूले आप्mना भनाइ राखेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष रूपान्तरण अभियानमा इन्चार्जहरूले पेस गरेको समिक्षात्मक रिपोर्टमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
आइतबार बसेको बैठकमा १० प्रदेशका इन्चार्ज, अध्यक्ष र केन्द्रीय निकायका प्रमुखहरूले रिपोर्टिङ गरेका थिए ।




प्रतिक्रिया