माओवादी केन्द्रको बैठक शुरु, यस्ता छन् एजेण्डा

माओवादी केन्द्रको बैठक शुरु, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिका बारेमा छलफल हुने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनका अनुसार अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । बैठकअघि सबै सदस्यहरूको एन्टिजेन परीक्षण गरिएको थियाे । एन्टीजेन परीक्षणमा सबै नेताहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

शुक्रवार बसेको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले तत्काल मन्त्रिमण्डल विस्तार हुने सम्भावना कम भएको बताएका थिए । त्यसका साथै उनले बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने र सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्नुपर्ने धारणा राखेका थिए ।