यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका तीन निर्णय


काठमाण्डु- राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् । बिहीवार मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार ललितपुरका डा. अरनिको पाण्डे, काठमाण्डुकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारीलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गरिएको छ ।

त्यस्तै मन्त्रिपरिषद बैठकले सँस्कृति पर्यटन मन्त्रालयको प्रस्तावमा नेपालका ३ जना र कोरियाका ७ जना गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल १ र जुगल २ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै आज बसेको बैठकले प्रशासन सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement