काठमाण्डु- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरू भएको छ । यसअघि आइतबार बिहान केन्द्रीय समिति बैठकमा समूहगत रूपमा अध्यक्षको प्रतिवेदनमाथि छलफल र निष्कर्ष प्रस्तुत भएपछि स्थायी कमिटी बैठक बसेको हो ।
उक्त बैठकमा केन्द्रीय समितिमा उठेका कतिपय विषयलाई अन्तिम रुप दिइने जनाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी बैठकमा संगठनात्मक पुनर्संरचनाको खाकासहित अन्तरिम विधान पेश गरेका थिए । माओवादी केन्द्रले यसअघि विधानमा नरहेको उपमहासचिव पद थपेको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान संशोधन प्रस्तावमा उल्लेख छ ।




प्रतिक्रिया