सभामुखसहित शीर्ष नेताको बैठक निष्कर्षविहीन, कांग्रेसको अडान कायमै


काठमाण्डु- संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका शीर्ष नेताहरूको बैठक विना निष्कर्ष सकिएको छ ।मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा संसदको अवरोध हटाउनबारे सहमति नजुटेको हो ।

नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग दोहोर्‍याएको थियो भने सत्ता पक्षले सहकारीको समग्र समस्या समाधान गर्ने गरी समिति गठन गर्न सकिने धारणा राखेको थियो । संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेपछि बैठक निष्कर्षविहीन टुंगिएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement