काठमाण्डु- सभामुख देवराज घिमिरेले बोलाएको कानुनमन्त्रीसहीत प्रमुख दलका मुख्य सचेतक र सचेतकहरुको बैठक निष्कर्षबिहीन भएको भएको छ । सदनको गतिरोध खुलाउने विषयमा सभामुखले बोलाएको प्रमुख सचेतक र सचेतकबीचको बैठक विनानिष्कर्ष टुंगिएको हो ।
३ जेठमा सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको सन्दर्भमा सभामुख घिमिरेले कानुनीमन्त्री पदम गिरीलाई साथमा राखेर प्रमुख सचेतकहरूसँग आइतबार सिंहदरबारमा छलफल गरेका थिए ।
बैठकमा कांग्रेस र राप्रपाले आआफ्ना अडान कायमै राखेका छन् भने एमालेलगायत सत्ता पक्षले संसदीय समिति गठन हुन नसक्ने अडान लिएका छन् ।
बैठकबाट बाहिरिँदै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने आफूहरूको अडान सभामुखसमक्ष दोहोर्याएको बताए । त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षले उठाएको संसदीय छानबिन समितिको विषय कानून सम्वत् नभएको जिकिर गरेका छन् ।




प्रतिक्रिया