काठमाण्डु – प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ । बिहान ११ बजे बोलाइएको बैठक बस्न नसकेपछि दिउँसो २ बजेका लागि सारिएको हो।
विपक्ष दलको आग्रहपछि संसद् सचिवालयले सूचना टाँसेर बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ। सहमति जुटाउन दलहरु अहिले आ आफ्नो छलफलमा जुटेका छन्।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ। हिजो सांसदबिच धकेलाकेलको अवस्था समेत बनेको थियो।




प्रतिक्रिया