विपक्षी दलहरू जुटे छलफलमा, सरकारविरुद्ध साझा रणनीति बनाउने

विपक्षी दलहरू जुटे छलफलमा, सरकारविरुद्ध साझा रणनीति बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा बैठक सुरु हुनुअघि विपक्षी दलहरूको बैठक बसिरहेको छ ।

कांग्रेस सभापति शेर बहादुर देउवाको कार्यकक्ष वानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको हो ।  आजको संसद बैठकमा साझा रणनीति बनाउन विपक्षी दलका नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा कांग्रेस सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, कृष्ण सिटौला, विश्वप्रकाश शर्मा, शेखर कोइराला, रमेश लेखक, राप्रपाका ज्ञानेन्द्र शाही, जसपा नेपालका उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, शरदसिंह भण्डारी, जनमोर्चाका चित्रबहादुर केसीलगायतका नेताहरु सहमागि छन् ।

सत्ता पक्ष र नेपाली कांग्रेसबीच सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउने सहमति जुटेसँग आज संसद बैठकले निरन्तरता पाउनेछ ।