सरकारबारे साझा धारणा बनाउन विपक्षी दलहरु छलफलमा जुटे

सरकारबारे साझा धारणा बनाउन विपक्षी दलहरु छलफलमा जुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विपक्षी दल दलहरुको बैठक बसिरहेको छ । बानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा बोलाइएको विपक्षी दलको बैठक सुरु भएको हो ।

बैठकमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । यता नेपाली कांग्रेसले हमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद अवरोध गर्ने भएको छ । आजको संसद बैठकमा कसरी प्रस्तुत हुनेबारे साझा धारणा बनाउन विपक्षी दलहरु छलफलमा जुटेका हुन् ।